काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सुनका असर्फी बिक्री नगर्ने भएको छ । बिक्रीका लागि तयार गरिएको स्टक सकिएपछि केन्द्रीय बैंकले आज सुनका असर्फी नबेच्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले तिहारलाई लक्षित गरी सुनचाँदीका असर्फी र मेडालियन बिहीबारदेखि बिक्री सुरु गरेको थियो । हिजो पहिलोदिन कर्मचारीहरु समेतलाई गरी ४५ सय असर्फी बिक्री भएको थियो ।
राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलकाअनुसार प्रक्रियागत जटिलताका कारण बिक्रीयोग्य असर्फीको उत्पादन सीमित भएकाले पहिलो दिनमै स्टक सकिएको हो।
बिहीबार केन्द्रीय बैंकले एक व्यत्तिलाई एक असर्फी र २ मेडालियनसम्म बिक्री गरेको थियो । सुनको असर्फी २.५ ग्राम र चाँदीका मेडालियन १० ग्राम तौलका छन् ।
सुनको असर्फीको मूल्य ६५ हजार ४ सय र चाँदीका मेडालियनको ३ हजार ८ सय रुफैयाँमा बिक्री गरेको थियो । शुत्रबार भने चाँदीका मेडालियन मात्र बिक्री गर्ने भएकाले केन्द्रीय बैंकले एक मेडालियनको मूल्य ३ हजार ७ सय रुपैयाँ कायम गरेको छ ।
राष्ट्र बैंकले हरेक वर्ष धनतेरसको अवसर पारेर सुन तथा चाँदीका सिक्का बिक्री गर्दै आएको छ ।





















प्रतिक्रिया