Logo

समाचार

हुम्लामा सुत्केरी बेथाले थलिएको ५ दिनपछि उद्धार



हुम्ला । हिमाली जिल्ला हुम्लामा सुत्केरी व्यथा लागेर थला परेकी एक महिलालाई ५ दिनपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

व्यथा लागेर थला परेकी नाम्खा गाउँपालिका–३ की ३३ वर्षीया डिकी साङमु तामाङ (लामा)लाई शुक्रबार बिहान हेलिकप्टरबाट उद्धार गरी कालागाउँस्थित सुर्खेत प्रादेशिक अस्पतालमा पुर्‍याइएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराले बताइन् ।

आमा र शिशुको ज्यान बचाउन विभिन्न निकायको पहलमा शुक्रबार बिहान उद्धार गरिएको हो । व्यथा लागेकी लामालाई रगतको अभाव हुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि जिल्ला बाहिर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए ।

विशेषज्ञ चिकित्सक, सीमित साधनस्रोत तथा आवश्यक उपकरणको अभावले यहाँका महिलाहरूले अकालमै ज्यान गुमाउनु परिरहेको छ ।

यस्तै, नेपाली सेनाको हेलिकप्टरको खर्च संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको ‘राष्ट्रपति महिला उद्धार कार्यक्रम’ले बेहोर्दै आइरहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार १४:३४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।