Logo

Sports

एनपीएल: आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने



काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। पाँच खेलबाट चार जित र एक हारसहित आठ अंक जोडेको काठमाडौं अंकतालिकाको दोस्रो स्थानमा छ। यस्तै, ६ खेल खेलेको सुदूरपश्चिम चार जित र दुई हारसहित आठ अंकका साथ तेस्रो स्थानमा छ।

आजै हुने दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सको सामना गर्नेछ। यी दुई टोलीबीचको खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ।

पाँच खेलबाट दुई जित, दुई हार र एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको चितवन पाँचौं स्थानमा छ। यस्तै, जनकपुर ६ खेलबाट दुई जित र चार हारसहित छैटौं स्थानमा छ।

प्लेअफको दौडमा आफूलाई बलियो बनाउने लक्ष्यसहित मैदान उत्रने यी चारै टोलीका लागि आजका खेल महत्त्वपूर्ण हुनेछन्।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार ०७:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।