Logo

समाचार

विपद्का कारण चितवनमा एकतर्फी सुचारू, गोरखामा पूर्ण अवरोध



काठमाडौं । विपद्का घटनाका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा आवागमन मार्गहरू अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले आज बिहान ६ः२० सम्म सार्वजनिक गरेको सूचना अनुसार बागमती र गण्डकी प्रदेशमा विपद्का कारण यातायात प्रभावित भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नं. ४, घोप्टे भिर (पृथ्वी लोकमार्ग) बाटो बन्द भएको उक्त खण्डमा यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

बाढीका कारण आरूघाट गाउँपालिका वडा नं. २ र ३ स्थित, सोतीदेखि मान्बु जाने पुल बाटो बन्द भएको उक्त पुल तथा आवागमन मार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार ०७:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।