काठमाडौं । एनएमबि बैंकले आफ्नो ३१औँ वार्षिक साधारणसभा आगामी मंसिर २५ गते आयोजना गर्ने भएको छ। बैंक सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने मिति तय गरेको हो।
सभाले आर्थिक वर्ष २०८२/८३ का लागि बैंकले प्रस्ताव गरेको लाभांश वितरणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
बैंकले उक्त आर्थिक वर्षको मुनाफाबाट साधारण शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १९ अर्ब २८ करोड ५० लाख ४१ हजार २५७.२० रुपैयाँ कुल ७ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
यसैगरी बैंकले अग्राधिकार शेयरधनीहरुलाई ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय पनि गरेको छ।
सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनार्थ बैंकले आउँदो मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मंसिर ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।





















प्रतिक्रिया