Logo

बैंकिङ

बैंकिङ प्रणालीबाट २०० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक



काठमाडौं । बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य रकम) अत्यधिक थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट २०० अर्ब रुपैयाँ खिच्ने भएको छ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत आज (कात्तिक २७ गते) उक्त रकम खिच्न लागेको हो। राष्ट्र बैंकका अनुसार यसका लागि अपराह्न २ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल हुनेछ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा आधारित हुनेछ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

निक्षेप राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल रकम १० करोड रुपैयाँले भाग जाने हुनुपर्नेछ।

राष्ट्र बैंकका अनुसार २० दिन अवधिको यस निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी मंसिर १७ गते भुक्तानी गरिनेछ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार १५:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।