काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीबाट कौडा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन् ।
गागलफेदीस्थित कुशुम छयाम्बा हाउस एन्ड होमस्टेमा जुवातास खेल भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेकाहरूको साथबाट ५ लाख ७८ हजार ५ सय ५५ रुपैयाँ नगद र २६ वटा कौडा बरामद गरिएको छ ।
जुवासम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ ।





















प्रतिक्रिया