प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री डा. युवराज खतिवडाबीचको सम्बन्ध विग्रियको छ । सोहि कारणले अर्थमन्त्री खतिवडा पछिल्लो समय राजिनामा दिने पालनमा छन् ।
प्रधानमन्त्री ओली र अर्थमन्त्री डा. खतिवडाबीच व्यापारीहरूको कार्यशैलीका कारण तिक्तता बढेको थियो । व्यापारीहरूले अर्थमन्त्री डा. खतिवडालाई क्रस गरेर सिधै प्रधानमन्त्री ओलीसंग भेट्न थालेपछि अर्थमन्त्रीको राजीनामाको कुरा बाहिर आएको हो । उच्च स्रोतका अनुसार डा. खतिवडाले ओलीलाई आफूले राजीनामा दिन तयार रहेको सन्देश पठाएका छन् ।
ओलीले डा. खतिवडाको राजीनामाका बारेमा केही जवाफ नदिएको अर्थमन्त्रालय निकट उच्च स्रोतले जनाएको छ ।
उद्योगी, व्यापारीहरूले अर्थमन्त्री डा. खतिवडाविरुद्ध प्रधानमन्त्री ओलीसंग बालुवाटारमा गएर कुरा लगाउने तथा काम गर्न नसकेको भनेर कुरा काट्न थालेपछि बालुवाटारसंग अर्थमन्त्रीको सम्बन्ध चिसिएको स्रोतको भनाइ छ ।
यद्यपि, बालुवाटार निकट उच्च स्रोतले अर्थमन्त्री डा. खतिवडाको राजीनामाको सूचनाका बारेमा अनभिज्ञता प्रकट गरेको छ । ‘प्रधानमन्त्रीज्यूसँग अर्थमन्त्रीको भेटघाट नियमित हुने गरेको छ’, बालुवाटार निकट उच्च स्रोतले भन्यो, ‘अर्थमन्त्रीको राजीनामाको कुरा थाहा भएन ।’
सांसद समेत नरहेका डा. खतिवडा अर्थमन्त्री बनाएर ओलीले पछि राष्ट्रिय सभाको सांसदमा मनोनीत गरेका हुन् । आफ्नै गृहजिल्ला झापाका डा।खतिवडालाई राजनीतिकभन्दा पनि अनुभवकका आधारमा मन्त्री बनाएका थिए ।
अर्थमन्त्री बनेसंगै सेयर कारोबार माथि उठ्न सकेको छैन् । यतिमात्र हैन् । नेपालको अर्थतन्त्र पनि खस्कदो अवस्थामा रहेको छ । सेयर कारोबार ओरालो लागेको लागै भएपछि अर्थमन्त्री डा. खतिवडाविरुद्ध लगानीकर्ताहरूले आन्दोलन नै गरेका थिए ।
डा. खतिवडाले राम्रोसँग काम गर्न नसकेको भनेर नेकपाका नेता र कार्यकर्ताहरूले समेत आलोचना गर्ने गरेका छन् । डा. खतिवडाले नै निर्वाचनमा गरिएको प्रतिवद्धताअनुसार वृद्ध भत्ता बढाउन अस्वीकार गरिदिएका थिए । वृद्ध भत्ता नबढेपछि कम्युनिस्ट सरकारको आलोचना हुँदै आएको छ ।
ओलीको इच्छामा डा. खतिवडा २०७४ फागुन ४ गते अर्थमन्त्री बनेका थिए । ईश्वर पोखरेल अर्थमन्त्री बन्ने चर्चा चलिरहेका बेला कसैले पनि अनुमान नगरिएका डा. खतिवडा अर्थमन्त्री बनेपछि तत्कालीन एमालेभित्र ठूलो विद्रोह समेत भएको थियो ।



















प्रतिक्रिया