Logo

खेलकुद

प्लेअफमा पुगेको चितवनले पाँच खेलाडी फेर्यो, कर्णालीमा एक परिवर्तन



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा स्थान सुरक्षित गरिसकेको चितवन राइनोजले कर्णाली याक्सविरुद्धको खेलमा टोलीमा पाँच खेलाडी परिवर्तन गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । चितवनले भने अघिल्लो खेलको तुलनामा पाँच खेलाडी परिवर्तन गर्दै नयाँ संयोजनसहित मैदानमा उत्रिएको छ ।

चितवनले आजको खेलमा देव खनाल, अशोक धामी, सलाहुद्दिन खान, डान मोस्ली र उसामा मिरलाइ टोलीमा समावेश गरेको छ । त्यसैरी आजको खेलमा चितवनले अर्जुन साउद, रन्जित कुमार, मौसम ढकाल, रवि बोपारा र डाविड मलानलाई आजको खेलमा विश्राम दिएको छ ।

कर्णाली याक्सले भने टोलीमा एउटा मात्र परिवर्तन गरेको छ । दीपेन्द्र रावतको स्थानमा सचिन शर्मा खेल्दै छन् । अंक तालिकामा चितवन चौथो स्थानमा छ । उसले प्लेअफमा स्थान पक्का गरिसकेको छ । कर्णाली भने सातौं स्थानमा छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आईतवार १२:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।