Logo

अर्थ

शेयर धितो कर्जा १८.२३ प्रतिशतले बढ्यो, कुन रेन्जमा कति रकम प्रवाह ?



काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने शेयर धितो कर्जा १८.२३ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत असोजसम्म यस्तो कर्जा १ खर्ब ७१ अर्ब ३७ करोड ६६ लाख रुपैयाँ पुगेको हो।
गत आर्थिक वर्ष २०८२/८३ को असोजसम्म बैंकहरूबाट १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको थियो।  यस आधारमा एक वर्षको अवधिमा शेयर धितो कर्जा उल्लेख्य रूपमा बढेको देखिन्छ।
चालु आर्थिक वर्षको असोजसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा १ खर्ब २० अर्ब ६१ करोड ३ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। अघिल्लो वर्ष असोजसम्म यो रेन्जको कर्जा १ खर्ब ९८ करोड ५८ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग १९.४४ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा २३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १८ अर्ब ७५ करोड ७५ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ३३ करोड १९ लाख रुपैयाँ गएको छ। अघिल्लो वर्ष असोजसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १७ अर्ब ७० करोड ९८ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १७ अर्ब ८२ करोड ३७ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ४३ करोड ८ लाख रुपैयाँ गएको थियो।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा ३३.७० प्रतिशत र २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा ५.२४ प्रतिशतले बढेको छ भने २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा भने १.१७ प्रतिशतले घटेको छ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार १२:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।