काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीहरूको अभिकर्ता कमिसन खर्च उल्लेख्य रूपमा बढेको छ। असोज मसान्तसम्म १४ वटा निर्जीवन बीमा कम्पनीले अभिकर्ता कमिसनमा कुल ३७ करोड १३ लाख ७९ हजार रुपैयाँ खर्च गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.५८ प्रतिशत बढी हो।
गत आर्थिक वर्ष २०८२/०८३ को असोज मसान्तसम्म यी कम्पनीको कुल अभिकर्ता कमिसन खर्च १८ करोड ५१ लाख ५२ हजार रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा कमिसन खर्च १८ करोड ६२ लाख रुपैयाँभन्दा बढीले बढेको देखिन्छ।
समीक्षा अवधिमा सबैभन्दा बढी अभिकर्ता कमिसन खर्च गर्ने कम्पनीमा द ओरियन्टल इन्स्योरेन्स रहेको छ। कम्पनीले असोज मसान्तसम्म ८ करोड ३२ लाख १४ हजार रुपैयाँ कमिसनबापत खर्च गरेको छ। गत वर्षको सोही अवधिमा २ करोड ७८ लाख ५६ हजार रुपैयाँ खर्च गरेको कम्पनीको कमिसन खर्च १९८.७३ प्रतिशतले बढेको हो।
त्यस्तै, नेसनल इन्स्योरेन्सले ४ करोड ५६ लाख ९५ हजार रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गर्दै दोस्रो स्थानमा रहेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ करोड ८९ लाख १३ हजार रुपैयाँ खर्च गरेको छ।
एनएलजी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले भने समान ३ करोड ६६ लाख १७ हजार रुपैयाँ अभिकर्ता कमिसनबापत खर्च गरेका छन्।
यसैगरी, युनाइटेड अजोड इन्स्योरेन्सले २ करोड ५९ लाख ८६ हजार, नेको इन्स्योरेन्सले २ करोड १९ लाख ८९ हजार र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ करोड ५ लाख ६७ हजार रुपैयाँ कमिसनमा खर्च गरेका छन्।
शिखर इन्स्योरेन्सको अभिकर्ता कमिसन खर्च १ करोड ८८ लाख ३२ हजार र हिमालयन एभरेस्ट इन्स्योरेन्सको १ करोड ७३ लाख ९५ हजार रुपैयाँ रहेको छ। त्यस्तै, सानिमा जीआईसी इन्स्योरेन्सले १ करोड ३५ लाख ४८ हजार रुपैयाँ खर्च गरेको छ।
सूचीको तल्लो क्रममा नेपाल इन्स्योरेन्सले ६३ लाख ९० हजार, प्रभु इन्स्योरेन्सले ३९ लाख ६५ हजार र राष्ट्रिय बीमा कम्पनीले १६ लाख ५१ हजार रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेका छन्।
निर्जीवन बीमा कम्पनीहरूको कमिसन खर्चमा आएको यो वृद्धिले बीमा व्यवसाय विस्तारसँगै अभिकर्ता सञ्जालमार्फत हुने व्यवसायको लागतसमेत बढिरहेको देखाउँछ। यद्यपि, कमिसन खर्चको वृद्धिलाई मात्रै आधार मानेर कम्पनीहरूको व्यवसाय विस्तार वा सञ्चालन दक्षताको निष्कर्ष निकाल्न भने सकिँदैन।




















प्रतिक्रिया