काठमाडौं। नेपालको मौलिक उत्पादन तथा हिमाली पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने उद्देश्यसहित अघि बढिरहेको नेपाली ब्रान्ड ‘Himalayas Own’ को विशेष Honey Collection Box फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई उपहारस्वरूप प्रदान गरिएको छ।
थाइल्यान्डमा आयोजित कार्यक्रममा नेपालका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले फिफा अध्यक्ष इन्फान्टिनोलाई नेपालको हिमाली पहिचान झल्काउने विशेष उपहारका रूपमा ‘Himalayas Own’ को Honey Collection Box हस्तान्तरण गरेका हुन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मौलिक उत्पादन प्रस्तुत गरिएको यस अवसरलाई नेपाली उत्पादनको प्रवर्द्धनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
हिमाइडा नेपाल प्रा.लि.का संस्थापक सञ्जय काफ्लेले आठ वर्षअघि नेपालको भिरमौरीको मह तथा अन्य मौलिक उत्पादनलाई विश्व बजारमा चिनाउने उद्देश्यसहित आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए। कृषि विषयमा स्नातकोत्तर तह अध्ययनरत काफ्लेले नेपाली कृषि तथा प्राकृतिक स्रोतसँग जोडिएका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने लक्ष्यसहित ‘Himalayas Own’ ब्रान्ड अघि बढाएका हुन्।
कम्पनीले ‘Himalayas Own’ मार्फत नेपालको उत्कृष्ट Mad Honey अर्थात् भिरमौरीको महसहित विभिन्न प्रकारका नेपाली महलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै आएको छ। यसको Honey Collection Box मा भिरमौरीको मह मात्र नभई नेपालका विभिन्न भौगोलिक क्षेत्र तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने विभिन्न प्रकारका मह समावेश गरिएका छन्।
हनी कलेक्सनसँगै कम्पनीले Tea Collection Box, Coffee Collection Box तथा Shilajit Collection Box समेत बजारमा ल्याएको छ। यी कलेक्सनमार्फत नेपालको हिमाली तथा प्राकृतिक सम्पदासँग जोडिएका मौलिक उत्पादनलाई आकर्षक र प्रिमियम गिफ्ट प्याकेजिङमा प्रस्तुत गर्ने कम्पनीको प्रयास रहेको छ।
पछिल्लो समय ‘Himalayas Own’ का Honey Collection Box तथा अन्य गिफ्ट कलेक्सनहरू नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूमाझ लोकप्रिय नेपाली उपहारका रूपमा स्थापित हुँदै गएका छन्। पर्यटकहरूले नेपालबाट फर्किने क्रममा नेपालको मौलिकता र हिमाली पहिचान झल्काउने उपहारका रूपमा यी उत्पादन लैजाने गरेको कम्पनीले जनाएको छ।
त्यस्तै, विदेशबाट नेपाल आएर पुनः विदेश फर्किने नेपालीहरूले समेत आफ्ना विदेशी साथीभाइ, आफन्त तथा परिवारका सदस्यलाई नेपालको विशेष उपहारका रूपमा Honey, Tea, Coffee तथा Shilajit Collection Box लैजाने गरेको कम्पनीको भनाइ छ। कम्पनीले आफ्ना उत्पादनहरू विदेशमा निर्यातसमेत गर्दै आएको छ।
नेपालको भिरमौरीको महले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा पाउँदै आएको छ। चर्चित पोडकास्टर जो रोगनको पोडकास्टमा नेपालको Mad Honey को चर्चा हुनुका साथै माइक टायसनजस्ता अन्तर्राष्ट्रिय व्यक्तित्वसँग समेत नेपाली मह जोडिनुले यसप्रति विश्वको चासो झल्काउँछ।
हिमाइडा नेपाल प्रा.लि.का संस्थापक सञ्जय काफ्लेले नेपाली हिमाली मह तथा अन्य प्राकृतिक उत्पादनलाई विश्व बजारमा चिनाउने उद्देश्यका साथ सुरु गरेको अभियानले विस्तारै सार्थकता पाउँदै गएको बताएका छन्। उनका अनुसार नेपालको प्राकृतिक विविधता, स्थानीय समुदायको मेहनत र नेपाली उत्पादनको विशिष्टतालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नु कम्पनीको सुरुवातदेखिकै मुख्य उद्देश्य हो।

फिफा अध्यक्षलाई ‘Himalayas Own’ को Honey Collection Box प्रदान गरिनु आफ्नो आठ वर्षदेखिको यात्राको महत्वपूर्ण उपलब्धि भएको काफ्लेले बताएका छन्।
नेपाली मह, चिया, कफी तथा शिलाजितलगायतका मौलिक उत्पादनलाई विश्व बजारमा प्रिमियम नेपाली उपहारका रूपमा स्थापित गर्ने लक्ष्यसहित ‘Himalayas Own’ ले आफ्नो अन्तर्राष्ट्रिय यात्रा अघि बढाइरहेको छ।
हाल ‘Himalayas Own’ का उत्पादनहरू अनलाइन तथा भौतिक आउटलेटमार्फत ग्राहकसम्म उपलब्ध हुँदै आएका छन्। ब्रान्डका भौतिक आउटलेटहरू काठमाडौंको ठमेल, ललितपुरको पाटनलगायतका स्थानहरूमा सञ्चालनमा रहेका छन्, जहाँ स्वदेशी तथा विदेशी ग्राहकहरूले Honey, Tea, Coffee तथा Shilajit Collection Box लगायतका उत्पादनहरू खरिद गर्न सक्नेछन्।




















प्रतिक्रिया