Logo

समाचार

जनताको गुनासो सुन्न ऊर्जामन्त्री श्रेष्ठ गण्डकीका जिल्लामा



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ जनताको समस्या र गुनासो बुझ्न गण्डकी प्रदेशका विभिन्न जिल्लाको स्थलगत भ्रमणमा निस्किएका छन्।

नागरिकको घरदैलोमै पुगेर समस्या पहिचान तथा समाधानका लागि पहल गर्ने सरकारको प्राथमिकताअनुसार मन्त्री श्रेष्ठले गण्डकी भ्रमण गर्न लागेका हुन्।

भ्रमणका क्रममा उनले कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ र पर्वतमा ऊर्जा तथा सिँचाइ आयोजनाको अवस्था, बाढीपहिरोबाट भएको क्षति र पुनर्निर्माणका कामबारे अनुगमन गर्नेछन्।

विशेषगरी पहिरो नियन्त्रण, नदी तथा खोलामा तटबन्ध निर्माण र सिँचाइ आयोजनामा देखिएका समस्याबारे उनले स्थलगत जानकारी लिने कार्यक्रम छ।

कास्कीमा पहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्ने तथा स्याङ्जामा जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित विषयको निरीक्षण र समीक्षा गर्ने कार्यक्रमसमेत रहेको छ।

विपद्प्रभावित नागरिकका समस्या पहिचान गरी क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई तीव्रता दिनुका साथै भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरणका उपाय खोज्नु भ्रमणको मुख्य उद्देश्य रहेको जनाइएको छ।

स्थलगत अनुगमनबाट प्राप्त सुझाव र जानकारीका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल गर्नुपर्ने काम र दीर्घकालीन

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार १३:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।