काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रु प्रवेश गर्ने दुईवटा ढोका र दुईवटै स्क्यानर व्यवस्था भए पनि अधिकांश समय एउटा मात्रै ढोका सञ्चालनमा रहने गरेको यात्रुहरूले गुनासो गरेका छन् ।
दुईवटा ढोका र स्क्यानर उपलब्ध हुँदाहुँदै पनि अर्को ढोका प्रायः बन्द गरिँदा विमानस्थल प्रवेश गर्ने यात्रुहरूले अनावश्यक सास्ती खेप्नुपरेको छ । एउटै ढोकाबाट यात्रु प्रवेश गर्नुपर्ने हुँदा भीडभाड हुने र सुरक्षाकर्मी तथा कर्मचारीसँग पालो कुर्नुपर्ने अवस्था देखिएको छ ।
विशेषगरी एकै यात्रुसँग धेरैवटा ब्यागेज हुँदा जाँच प्रक्रियामा थप समय लाग्ने र अन्य यात्रुहरूलाई समेत असहज हुने गरेको छ ।




















प्रतिक्रिया