Logo

राजनीति

मुस्लिम आयोगमा अन्सारीलाई जोगाउन लागिपरे ओली पक्षधर नेता



मुस्लिम आयोग अध्यक्षमा प्रस्तावित समिम मियाँ अन्सारीलाई जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु लागिपरेका छन् । दोहोरो नागरिकता र शैक्षिक प्रमाणपत्र विवादमा मुछिएका कारण अन्सारीलाई अध्यक्ष नियुक्त गर्न सकिएको छैन् ।

अहिले नेकपामा उनलाई संसदीय समितिबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद देखिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेता अन्सारीलाई जोगाउने पक्षमा देखिएका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेता विवादित अन्सारीलाई समितिबाट अस्वीकृत गर्ने पक्षमा छन् ।

नेकपाभित्रै एक मत नदेखिएपछि सुनुवाइ समितिबाट ४५ दिने म्याद कटाउने कसरत सुरु भएको छ । संवैधानिक परिषद्ले सिफारिस गरेको ४५ दिनभित्र सुनुवाइ समितिले निर्णय नगरे नियुक्तिका लागि बाधा नपुग्ने संघीय संसद्को संयुक्त कार्यसञ्चालन नियमावलीमा व्यवस्था छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार ०२:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।