Logo

प्रमुख समाचार

देउवा नसच्चिए चुप लागेर बस्दैनौँ : केसी



नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने र सिके राउतसँगको सहमतिबारे पार्टीभित्र छलफल नभएको स्पष्ट पारेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेता केसीले राउतसँग सहमति भएको भोलीपल्टै राउतले स्वतन्त्र मधेशको एजेण्डा उठान गरेकाले आशंका उब्जिएको बताए ।

विखण्डनकारी भावना छोडेर मूल धारको राजनीतिमा आउनु सकारात्मक भए पनि राउतको गतिविधि पुरानै हुने हो कि भन्ने चिन्ता कांग्रेसलाई लागेको उनले बताए ।राउत ११ बुँदे सहमतिविपरित जाँदा सरकारले के गर्ने भन्ने कुरा विचार गर्नुपर्ने केसीले बताए ।

चन्द नेतृत्वको नेकपालाई वार्ताको माध्यमबाट गलत बाटोबाट सही बाटोमा ल्याउनुपर्नेमा हतारमा प्रतिबन्ध लगाउँदा समस्या झन बढ्ने हो कि भनेर केसीले चिन्ता व्यक्त गरे ।

पार्टीभित्रको विवाद र कलहबारे कुरा गर्दै नेता केसीले सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् । एकतर्फी रुपमा बहुमतको बलमा निर्णय गर्दै जाने हो भने विशेष महाधिवशेनमा जान बाध्य हुने चेतावनी केसीले दिएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आईतवार ०४:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।