Logo

खेलकुद

भारतका लागि ७६ औं मिनेटमा तेस्रो गोल अञ्जु तामाङको



पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलको ७६ औं मिनेटमा भारतले नेपालसामु आफ्नो तेस्रो गोल हानेको छ । नेपाल विरुद्धको फाईनल खेलमा भारतीय टीमको लागि अञ्जु तामाङले तेस्रो गोल हानेकी हुन् ।

पहिलो हाफमा एक एक गोलको बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भने भारतले नेपालमाथि दबाब सिर्जना गर्दै थप २ गोल हान्न सफल भएको थियो । यो सँगै अहिलेसम्म भारत नेपालभन्दा दुई गोलले अघि गएको छ ।

भारतीय टिमले गरेको पहिलो गोलमाथि ५ मिनेट भित्रै नेपाली टीमकी सावित्रा भण्डारीले जवाफी गोल फर्काएपछि नेपालले भारत विरुद्ध अर्को गोल हान्न सकेन ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार ११:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।