Logo

कोशी प्रदेश

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि



उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उदयपुरका ३३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।

प्रवक्ता देवकोटाका अनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ स्थित भुल्केबाट ल्याइएको स्वाब परीक्षणका क्रममा उनको कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । ३३ वर्षीय पुरुष उदयपुरको त्रियुगा नगरपालिका भुल्कुस्थित मस्जिदमा संक्रमित १३ जनासँग सम्पर्कमा आएका व्यक्ति हुन् ।

उदयपुरबाट ल्याइएको अझै कतिपय स्वाब परीक्षणको क्रममा रहेको उनले भनाइ छ । उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या १४ पुगेको छ भने सोहि ठाउँका ८ जनाको कोरोना आशंकामा पुनः परिक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ भने ४ जना निको भएर घर फर्कि सकेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलवार १७:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।