Logo

स्वास्थ्य

प्रधानमन्त्रीको ट्विटः काठमाडौँमा हट्न सक्छ लकडाउन



प्रधानमन्त्री केपी ओलीले काठमाडौँ उपत्यकालाई कोरोनामुक्त घोषणा गरेका छन् ।

उनले काठमाण्डु उपत्यका कोरोनामुक्त भएकामा आफुलाई सन्तोष लागेको बताए । ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अस्पतालमा उपचाररत ८१ वर्षीया वृद्धाका आमाछोरा निको भएर डिस्चार्ज भएसँगै हालका लागि उपत्यका कोरोनामुक्त भएको उल्लेख गरेका छन् ।

‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ’ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको छ’, ओलीले भनेक छन्, ‘डिस्चार्ज भएका सबैको फेरि एकपटक सुस्वास्थ्यको कामना गर्दछु ।’

काठमाडौँ उपत्यकामा नयाँ संक्रमण फेला नपरे १५ वैशाखपछि लकडाउन विस्तारै हटाउने छलफल चलिरहेका बेला प्रधानमन्त्रीले उपत्यकालाई कोरोना बिरामीमुक्त भनेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार २३:४९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।