Logo

राजनीति

शनिबारदेखि जिल्ला दौडाहामा पौडेल, पढ्नुहोस् कुन दिन कहाँ ?



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल शनिबारदेखि जिल्ला दौडाहामा जुटेका छन् । राजनितीक भेटघाटका लागि उनी भोली देखि देश दौडाहामा जान लागेका हुन् ।

पौडेल प्रदेश नम्बर ४ र ५ का विभिन्न जिल्ला दौडाहामा निस्कन लागेका हुन् । पौडेलको शनिबार जिल्ला दौडाहामा निस्केर चैत १ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

पौडेल चार नम्बर प्रदेशका म्याग्दी, बाग्लुङ, कास्कीमा पार्टीका विभिन्न कार्यक्रमलाई सहभागी हुनुहुनेछ भने पाँच नम्बर प्रदेशका पश्चिम नवलपरासी, अर्धाखाँची र कपिलबस्तुमा पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् ।

यस्तो रहेको छ नेता पौडेलको जिल्ला कार्यतालिका 

२०७५ फागुन २५ गते : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ९शनिबार० फागुन २५ गते विहान पोखरा हुँदै म्याग्दी प्रस्थान गर्दै हुनुहुन्छ । उहाँले नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको भवनको उद्घाटन कार्यक्रम सभालाई सम्बोधन गर्नुहुनेछ ।

२०७५ फागुन २६ गते : फागुन २६ गते विहान विहान ९ः ०० बजे वाग्लुङ्गको बैनीबाट उहाँ पर्वतको जलजला गाउँपालिकाको मिलनचोक जाँदै हुनुहुन्छ । नेपाली कांग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलन्याश कार्यक्रममा सहभागी भई उहाँ विहानको ठीक ११ः ३० मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीको आयोजनामा नवनिर्वाचित प्रेस यूनियनका पदाधिकारी तथा सदस्यहरुसँग भेटघाट गर्नुहुनेछ ।

२०७५ फागुन २७ गते : फागुन २७ गते उहाँले नेपाली कांग्रेस जिल्ला कार्यसमिति परासीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुनेछ ।

२०७५ फागुन २८ गते : फागुन २८ गते उहाँले दिनको १ः०० बजे सितगंगा नगरपालिका ढाडावासमा ज्योति बहुमुखि क्याम्पसको धार्मिक महोत्सवलाई सम्बोधन गर्नुहुनेछ । त्यस्तै सोही दिन दिनको ठीक ३ बजे सन्धीखर्क नगरपालिका वडा नं।६ नरपानी मा वी।पी। पार्क र वडा कार्यालय भवन शिल्यानाश गर्नुहुनेछ ।

२०७५ फागुन २९ गते : फागुन २९ गते उहाँ विहान ८ बजे महिला संघ अर्घाखाँचीको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै हुनुहुन्छ । दिनको ठीक १२ः३० बजे छत्रदेव गा।पा। वडा नं।४ मा शहिद रामहरी ज्ञवाली, शहिद शिवलाल पोखरेल, शहिद पदम लोचन श्रेष्ठको सालिक अनवरण गर्दै हुनुहुन्छ । त्यसपछि शहिद रा।शि।प। स्मृति भवन उद्घाटन गर्दै हुनुहुन्छ । साथै उहाँले दिनको १ बजे आसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

२०७५ फागुन ३० गते : फागुन ३० गते उहाँले नेपाल महिला संघ कपिलवस्तुको आयोजनामा हुने आमसभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

२०७५ चैत १ गते : चैत १ गते उहाँले कपिलवस्तुका विभिन्न स्थानहरुमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै हुनुहुन्छ, भने सोही दिन उहाँ काठमाडौं फर्कनुहुने छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार ११:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।