Logo

प्रमुख समाचार

असोज १८ नफापेका देउवा !



काठमाडौं । कोइराला वंशको अधिकारमा रहेको कांग्रेसलाई पदकै लागि टुक्राएर कांग्रेस प्रजातान्त्रिक खडा गरी ३ वर्ष पार्टीको अस्तित्वमा रहेका शेरबहादुर देउवालाई संयोगगवश असोज १८ गते नफाप्ने भएको छ ।

प्रतिगमन विरुद्ध सबै दल सडकमा थिए । तत्कालिन राजा ज्ञानेन्द्रले ०५८ सालमा शाही कु गरी पूर्वपञ्चहरु स्व. सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई पालो गरेर प्रधानमन्त्री पद दिलाए ।तर राजनीीतक दलहरुका बीचमा सहमति भएन ।

कांग्रेस, एमाले, सद्भावना पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकीपा, राप्रपा पनि आन्दोलनमै थिए । तर राजा ज्ञानेन्द्रले सडकमा एक्लै आन्दोलन गरेका नेका प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवालाई प्रम बनाए । नेकपा एमाले प्रतिगमन अधा सच्चियो भन्दै आन्दोलन छाडेर सरकारमा गयो । स्व. भरत मोहन अर्थमन्त्री ईश्वर पोख्रेल उद्योग वाणिज्य आपूर्तिमन्त्री भए ।

इन्धनको मूल्य बढाउन नपाए सिंहदरबारमै पासो लगाउँछु भन्ने आक्रोश ईश्वरले त्यही बेला पोखेका हुन् । देउवा सरकारले संसद पुर्नस्थापना गर्न राजालाई सुझाव दिन सकेन । बरु ज्ञानेन्द्रले असोज १८ गतेकै दिनमा देउवालाई असक्षम घोषित गर्दै संसद पुर्नस्थपना गरिदिएका थिए ।

यस पटक असोज १८ मै शेर बहादुरसँगको सभापति पदको वैधता गगन थापा समूहले खोसेको छ । १८ असोजमा नेकाको संस्थापनले १५ औं महाधिवेशन सुरु गर्दा देउवा पक्ष भने वडा र क्षेत्रतिर रमाईरहेको छ ।

यो पक्षले मंसिर २१ बाट २३ सम्म १५ औं महाविधेशन सम्पन्न गर्ने भन्दै छ । त्यहाँ हिजोका बद्नाम पात्रहरुको जमघट छ । पूर्व प्रधानन्यायाधिश चोेलेन्द्रमार्फत पार्टीको बैधता देउवालाई दिलाउने र जेनजी आन्दोनलले मृत्युतुल्य बनाएको संसद विऊत्याउने खेल यही बेला पर्दाफास भएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार ०९:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।