देशमा फेरी थरुहट-थारुवान आन्दोलन चर्किएको छ । उक्त आन्दोलनलाई थरुहट-थारुवान संयुक्त संघर्ष समितिको सउउंयोजकत्व रहेको छ । अदालतले रेशम चौधरीलगायत ११ जनालाई दिएको जन्मकैदको फैसलाविरुद्ध आन्दोलन सुरु भएको हो ।
संघर्ष समितीले दिएको जानकारी अननुसार यो आन्दोलन आफ्ना मागहरु पुरा नभएसम्म देशैभरी चर्काईने जजनाईएको छ ।
उनीहरुले टीकापुर घटना बारे सत्य तथ्य छानबिन गर्नका लागि तात्कालिन नेपाल सरकारले पूर्व न्यायाधीश गिरिश चन्द्र लाल दास नेतृत्वको न्यायीक समिति, सर्वदलिय संसदीय समिति र राष्ट्रिय मानवअधिकार आायोगको प्रतिवेदनहरु सार्वजनिक नगरी जिल्ला अदालत कैलालीले फैसला गरेकोमा खेद प्रकट समेत गरेको छ ।




















प्रतिक्रिया