Logo

समाचार

ह्वाइट नेशनालिजम र पृथकतावादलाई प्रतिबन्ध लगाउदै फेसबुक



 

सामाजिक सञ्जाल फेसबुकले ह्वाइट नेशनालिजम र सेपरेटिजम ‘पृथकतावाद’ लाई प्रतिबन्ध लगाउने भएको छ । आफ्नो सञ्जालमा ह्वाइट नेशनलिजम र सेपरेटिजमको प्रशंसा, समर्थन र प्रतिनिधित्वलाई बन्देज गरिने फेसबुकले जनाएको छ ।

आउँदो हप्तादेखि यसको थालनी हुने फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकर बर्गले बताएका छन् ।फेसबुकसँगै इन्स्टाग्राममा पनि यो नियम लागु हुनेछ । यस्तै बिद्रोही समूहका सामग्री पहिचान गरि त्यसलाई प्रतिबन्ध गर्ने क्षमता पनि परिस्कृत गर्ने फेसबुकले जनाएको छ ।

अपमानजनक शब्दहरु मार्फत सर्च गर्ने प्रयोगकर्ताहरुलाई फार–राइट एक्सट्रिमिजसँग लड्ने च्यारिटी संस्था तर्फ डाइभर्ट गरिने फेसबुकले जनाएको छ ।

न्युजिल्याण्डको क्राइस्टचर्चमा रहेका दुई मस्जिदमा ५० जनाको ज्यान जाने गरि भएको आक्रमणमा आक्रमणकारीले घटनाको फेसबुक लाइभ गरेपछि दबाब बढेको थियो । फेसबुकले यसअघि ह्वाइट नेशनलिस्ट ९गोरा राष्ट्रवाद० केही सामग्रीलाई अनुमति दिँदै आएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार ०३:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।