Logo

अन्तर्वार्ता

‘नेपाली कांग्रेस फुट्न सक्छ : कांग्रेस युवा नेता दीपक खड्कासँगको (अन्तरवार्ता)



नेपाली कांग्रेसका प्रधावशाली युवा नेता दीपक खड्का अहिले पनि राजनीतिको हस्तीको रुपमा चिनिन्छन् । पूर्व राज्यमन्त्रीसमेत भइसेका खड्का व्यवसायी समेत हुन् । संविधान सभाको सदस्यमा निर्वाचित भएका खड्का संविधान बनेपछि भएको निर्वाचनमा भने झिनो मतले पराजित भए । निर्वाचनमा पराजित भए पनि उनको भूमिका राष्ट्रिय राजनीतिमा उत्तिकै बलियो छ ।

जलविद्युत् तथा हस्पिटालिटी क्षेत्रमा लगानी समेत गरिरहेका खड्का तत्कालिन नेकपा माओवादी केन्द्रका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुँदा खानेपानी तथा सरफाई राज्य मन्त्री भएका थिए । राज्यमन्त्री हुँदा र त्यसपछि पनि उनले मुलुकमा वैदेशिक लगानी भित्र्याउन राम्रै योगदान गरिरहेका छन् । भर्खरै सकिएको लगानी सम्मेलनका विषयमा पनि उनले व्यक्तिगत सम्बन्ध विना नेपालमा वैदेशिक लगानी आउन नसक्ने बताएका छन् । अझ पछिल्लो समय चर्चामा रहेको नेपाली कांग्रेस भित्रको आन्तरिक कलहका कारण पार्टी फुट्न सक्ने सम्भावना समेत रहेको खड्काले बताएका छन् ।

अनलाइनपाना डटकमसँगको औपचारिक कुराकानीका क्रममा उनले पार्टीका पछिल्ला गतिविधिका कारण फुट्न सक्ने सम्भावना रहेको खुलासा गरे । उनै नेता खड्कासँग पछिल्ला राजनीतिक तथा समसामायिक गतिविधिका विषयमा अनलाइनपानका सम्पादक नारायणप्रसाद अधिकारीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छः

भर्खरै सम्पन्न भएको नेपाली कांग्रेसको जिल्ला सभापतिको भेलालाई कसरी हेर्नुहुन्छ ?

सभापतिहरुको भेला सबैलाई थाहाँ भएकै विषय हो । भेलामा ने निर्णय भयो त्यो कार्यान्वयन हुनुपर्छ भन्ने कुरा मात्रै हो । महासमिति बोलाएर, महासमितिले गरेको निर्णय र दुबै नेताहरुले दिएको आश्वशन कार्यान्वयन भएन । हो त्यो कायान्वयन गराउनु पर्छ भन्ने दवाब न हो । यसलाई नकरात्मक हिसाबले लिनु पर्छ भन्ने मलाई लाग्दैन । यहीँ तरिका हो भने जिल्ला सभापतिहरुको भेलाकै कारण पार्टी फुट्न सक्छ । हामी काग्रेंस पार्टीका हौं भन्ने आवास हामीमा हुनु पर्यो । त्यो भएन भने त पार्टी फुट्न पनि सक्छ । म तपाईलाई यो गम्भीर कुरा भनिरहेको छु । पार्टीका संस्थागत कुरालाई सबैलाई पालना गर्नुपर्छ । यदि पार्टीको नियम पालना नगरे पार्टीभित्र व्यविचारसहित कलह उत्पन्न हुन सक्छ ।

जनताको भलो नी नभएको सर्दभमा नेताले मिलेर नगए काग्रेस पार्टी फुट्ने संकेत पछिल्लो काग्रेस भित्रको राजनितिक किचलोले नि स्पष्ट देखिन्छ । गुटका रुपमा विकास गर्दै गरेका कारण यस्तो भएको हो । घरको ढोका लागेर खेद्न थालेपछि फुट्न सक्छ । अहिले जुन किसिमका कुराहरु बाहिर आइरहेका छन्, यसरी यो खालको विषयले पार्टीमा भित्र जे पनि हुन सक्छ ।

कांग्रेसमा अहिले अनुसाशन समितिले रिट पनि हालेको छ होइन ?

कुनै व्यक्ति विशेषको कुरालाई ध्यान दिनु पर्छ भन्ने मलाई लाग्दैन । संस्थागत रुपमा भएका कुरा सबैले लागु गर्नु पर्छ, मेरो धारणा हो । तर सबैले मैले जस्तो गर्दैनन् । संस्थागत रुपका कारण पार्टी फुट्न सक्छ । म के भन्छु भने संस्थागत कुरालाई सबैले परिपालन गर्नुपर्छ ।
यो पार्टी किन फुट्यो गुटका नाम जोडेर किन विकास भयो ? मैले तपाईलाई अनुरोध गर्न हुन्छ तर धम्काउन हुँदैन । पार्टी एक ढिक्का बनाउन हामी संस्थागत कुरामा लाग्नु पर्छ गुट–उपगुट त्याग्नु पर्छ ।

विखण्डनको मुद्धा लिएर हिडेका सिके राउतलाई सरकारले मुलधारमा ल्याएको छ, उता विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्द लगाएको छ । यसलाई कसरी लिनुहुन्छ ?

अहिले दूई तिहाईको सरकार छ । उनीहरु हाम्रो कुरामा अडान लिन्छन्, हामी उनीहरुको अगाडी कमजोर छांै । ओली सरकार आफ्नो सरकार चलाउन आफ्नो रणनीति चलाउन खोज्छन् । नेपाली जनताहरुको चाहानास्थिर सरकार मुलुकमा होस भन्ने हो । एउटा बलियो सरकार भए देशमा समृद्धिको सरकार होस भन्ने चाहाना हो । तर त्यो भएन् ।

गणतन्त्र प्रवेश गरेपछि देशमा कांग्रेस चुक्यो अनि ओली सरकारलाई जनताले विश्वास गरेर भोट हाले तर आसेपासेलाई कमाई खाने भाँडो बनाउन बाहेक अरु केही गर्न सकेन । अहिले जुन प्रतिवन्धको कुरा छ त्यो गलत छ । कसैलाई भव्य स्वागत र कसैलाई प्रतिवन्ध ठिक भएन । वहाँहरु जुन ग्राउण्डनबाट आउनु भएको छ त्यो सम्झनु पर्यो । कुनै व्यक्ति वा पार्टीलाई आफ्नो कुरा राख्नै दिनु हुँदैन भन्ने विषय लोकतन्त्रमा सुहाउदो भएन । यस विषयमा हाम्रो पार्टीले नै विचार राखिराखेको छ । यसले पनि पुग्यो कि पुगेन भन्ने हाम्रो पार्टीले सोच्नु पर्छ ।

भनेपछि सरकारका लागि पछिल्ला गतिविधिहरु ठिक छैनन भन्न खोज्नु भएको हो ?

अहिले सरकारले गरेका कामकारबाहीहरु ठिक छन् भन्न सकिने अवस्थामा छैनन । जनताले जे आएर वहाँहरुलाई जिताउनु भएको थियो त्यो पाएको अवस्था छैन । भर्खरै सरकारले लगानी सम्मेलन सम्पन्न गरेको छ । तर यो सम्मेलनले सार्थकता पायो कि पाएन भन्ने कुरा पनि ध्यान दिनु पर्यो ।

गर्न वातावरण चाहिन्छ ऐन कानुन चाहिन्छ । देशमा २ वटा कारणले मात्र छन् एउटा व्यक्तिगत सम्बन्ध र अर्को कारण ब्लाकमनिका कारणले गर्दा मात्र अहिले सम्म लगानी आएको छ । लगानीकर्ता यहीँ विषयमा विश्लेषण गर्नु जरुरी छ । बलियो सरकार छ सोचेर काम गरे सम्भव छ आसेपासे लाई राखेर आउदैन ।

लगानी गर्न केही सुधार गर्नु पर्छ । तर त्यहिँ व्यापक छैन । कांग्रेसको पनि चाहाना त्यहि हो तर भएन त्यो खालको वाताबरण सृजना गर्न सकेन । लगानीको जिम्मा दिनुपर्यो । लगानी नेपालमा ल्याउन सबै दल एकै ठाउमा हुनु जरुरी छ । एकघार प्रणाली लागु हुन जरुरी छ । कार्यान्वयन हुन जरुरी छ ।

हिजो मैले मेरो व्यक्तिगत सम्बन्धका कारण २२ अर्बको लगानी ल्याएको थिए । त्यतातिर पनि अझै केहि विकास भएको छैन । मेरो नाममा संस्था दर्ता त छ ? फाइल हेर्न म पुग्दा भेटिदैन गाउँदेखि फाइल मन्त्रालय आउन ३ महिना लाग्छ ? अरबौको लगानी छ कानमा मुन्द्रा लगाएकोले बिग्रादिन्छ । म यो मुलुकको जिम्मेवार मान्छे हो । कांग्रेसको सांसद हु तर मेरो नामका फाइल हराउछन् ।

नेपालमा लगानी गर्न र हाम्रो देश बनाउन हामी सबै लाग्नु पर्छ । विभिन्न सरोकार व्यक्ति सबै लाग्नु पर्छ । आफ्नै देशको बाटो नै बनाउन नसक्नेले देशमा कसरी कहाँबाट लगानी आउछ ।

यता स्वीकृति दिन्छ ल गुर्नुस भनेर मन्त्रालयले उता बैंकमा ऋण लिएको हुन्छ ब्याज सुरु हुन्छ । काम गर्नै गाह्रो हुन्छ । लगानीकर्तालाई कसरी सहज भयो त ? नेपालमा धेरै कुरा छन् । हामी सबै जिम्मेवार छौ सबै मिलेर लाग्नु पर्छ । समृद्ध मुलुक बनाउन कांग्रेस पनि तत्पर छ । तर बिना ऐन कानुन कसरी सम्भव छ ।

ओली सरकार सबै युवालाई नेपाल फर्काउने, वरोजगार भत्ता दिने, अनि नेपालमै रोजगार निमार्ण लगर्ने भन्छ अर्को ले विदेश पठाउने भनेर समझौता गर्छ यस्तो नि गर्ने सरकारले जनताले आस गरेको काम भएन ।

प्रतिपक्षको भूमिका कमजोर भएको चर्चा पनि हुन थालेको छ, कांग्रेसको भूमिका साच्चिकै कमजोर देखिएको हो ?

अहिलेको सरकारले सबैलाई लगाम लगाएर घोडा चढ्ने प्रवृति हो । ओलीका को–को मान्छे छन् लिएर आउ अनि गरेर खाउ अन्य लाई कहाँ–कहाँ छन्, आरोप लगाउ जेल पठाउ गरेको छ । यसरी समृद्धि कहाँबाट र कसरी सम्भव छ । आज मिडियामा प्रतिबन्ध छ । राजनितिकमा प्रतिबन्ध छ । बोल्नै नपाइने कुरामा प्रतिबन्ध छ ।

अर्को न्यायलयमा पनि हालत यस्तै छ । अब रुन पनि पाइदैन यस्तो खालको हुदै छ । न्यायाधीसले डरले केहीँ गर्न सक्दैन सरकारको विरुद्द केही निणय गर्नै सकिदैन । आवाज उठाउने नेपाल बार थियो अब त्यहि पनि बन्द भयो । मिडियाकै हालत पनि खराब छ । खुलस्त बोल्न पाउदैनन् ।

अन्त्यमा, सरकारको कामकारबाहीहरुको खबरदारीमा नेपाली कांग्रेसको भूमिका कस्तो हुनुपर्छ, कांग्रेस कसरी अघि बढ्छ ?

प्रतिपक्षको भुमिका निभाउन सडक तताउन जरुरी छ । अब चुप लागेर बस्ने होइन जनताले यदि हुँदा पनि बोलीएन भन्ने जनताले विश्जास मान्दैन । अब सडकमै गएर जुरमुकाउन जरुरी छ । सडक तताउन जरुरी छ । कांग्रेसले अब ससदबाट मात्रै आवाज दिने होइन कि सडकबाट आवाज दिन जरुरी छ । शक्तिका रुपमा मात्र होइन अब शक्ति प्रदर्शन गर्न आवश्यक छ । अझै पनि केही नगष्री चुप लागेर बसेपछि जनताले दुख पाउने छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार ०८:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।