Logo

टिप्पणी

प्रतिनिधिसभा विघटन विरुद्ध मुलुकभर कांग्रेसको प्रदर्शन



नेपाली कांग्रेसले सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका प्रदर्शन गरिरहेको छ । कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमा सोमबार प्रदर्शन गरेको हो ।

काठमाडौंको क्षेत्र नम्बर १ मा नेता प्रकाशमान सिंहको नेतृत्वमा प्रदर्शन भइरहेको हो । बानेश्वरमा र्‍यालीसहित कांग्रेसले विरोध सभा गरेको छ । वानेश्वरमा प्रदर्शनपछि विरोध सभामा बोल्दै सिंहले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताए । ‘आफ्नो पार्टी भित्रको आन्तरिक कलह व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री ओलीले संसद भंग गरेर रिस पोखे,’ सिंहले भने ।

सिंहले भने, ‘जनप्रतिनिधिबाट विश्वासको मतसमेत लिन सक्ने आँट छैन । अनि दुई तिहाइ मतको प्रधानमन्त्री भनेर मात्रै हुन्छ ? ओली सरकारले भ्रष्टाचार रोक्न नसकेको र जनताले पाँच वर्षका लागि दिएको म्यान्डेटअनुसार काम गर्न नसकेको उनको आरोप छ ।

यस्तै, आज देशभर आयोजित प्रदर्शनमा ठूलोसंख्यामा कांग्रेस नेता तथा कार्यकर्ताहरु सहभागी भएका छन्

133933031_4127427653953113_884108866659745540_n.jpg 134156122_403342957658353_5810378233549653927_n.jpg

133839095_229690595264565_7570289823321305783_n.jpg

133750070_152256013037070_6815891012540960882_n.jpg 

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार १४:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।