विवेकशिल साझा पार्टीले बैशाख ७ गते माइतीघर मण्डलामा बालुवाटार जग्गा काण्ड लगायतका विषयमा दबाव दिन खबरदारी कार्यक्रमको आयोजना गरेको छ । सरकारी जग्गा हिनामिनाको समाचार बाहिरिए सँगै सरकारले सम्पुर्ण जग्गा राक्का गरिसकेको छ भने प्रधान्मन्त्रीले राज्यको सम्पत्ती दोहन गर्ने कसैलाई नछोड्ने स्पष्ट पारिसकेको छन् ।
यस विच रविन्द्र मिश्र नेतृत्वको विवेकशिल साझाले यसमा थप खबरदारीका लागी शनिबारको दिन पारेर आन्दोलनका लागी तयारी गरेको छ ।
प्रविधीको प्रयोगमा खप्पीस साझाले यो आन्दोलनलाई पनि प्रभावकारी देखाउन सामाजिक संजालको राम्रै सँग प्रयोग गरेर प्रचार प्रसार गरिरहेको छ । सो पार्टीले आफ्ना कार्यकर्तालाई आन्दोलनमा आउन फेसबुकमा डलर तिरेर बिज्ञापन गरेर अपिल समेत गरिरहेको छ ।





















प्रतिक्रिया