Logo

अन्तर्राष्ट्रिय

अभिनेताबाट राजनेता बने सनी देओल, बीजेपीको उम्मेदवार बन्दै



चर्चित फिल्म अभिनेता सनी देओल मंगलबार भारतीय जनता पार्टी बीजेपीमा प्रवेश गरेका छन् । उनले बीजेपीका तर्फबाट सरकारमा रहेका रक्षा मन्त्री निर्मला सीतारमण र रेल मन्त्री पीयूष गोयलबाट सदस्यता लिए ।

बीजेपीले देशको निमित्त गरेको कामबाट आफुँ प्रभावित भई सहयोग गर्न पार्टीमा प्रवेश गरेको देओलको प्रतिक्रिया छ । उनले आफ्ना बाबु धर्मेन्द्रले अटललाई सहयोग गरेको र आफुँ पनि मोदीलाई सहयोग गर्न राजनीतिमा प्रवेश गरेको बताएका छन् ।

यसैबीच उनी पंजाबको गुरुदासपुरबाट चुनाव लड्ने भएका छन् । गुरुदासपुरबाट यसअघि फिल्म अभिनेता विनोद खन्ना पनि भाजपाबाट सांसद बनेका थिए ।

सनी देओल ‘हीमैन’ के नामबाट लोकप्रिय छन् । उनि प्रसिद्ध अभिनेता धर्मेन्द्रका जेठा छोरा हुन् । धर्मेन्द्र २००४ मा राजस्थानको बीकानेरबाट भाजपा सांसदमा निर्वाचित भएका थिए । धर्मेन्द्र पत्नी हेमा मालिनी पनि उत्तर प्रदेशको मथुराबाट भाजपाबाट चुनाव लड्दै छिन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलवार ११:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।