Logo

टिप्पणी

‘कब्जाको ध्यान भएकासँग कति सम्झौता गर्ने, ब्रिफकेस भरिसक्यो’: प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव समूहले पदको कुण्ठा र शक्तिको अभिलाषाले नेकपामा विभाजन गराएको आरोप लगाएका छन् । नेकपा ओली पक्षको सुदूरपश्चिम प्रदेशभेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा फुट्नुमा प्रचण्ड जिम्मेवार रहेको बताए ।

ओलीले भने, चुनावमा मैले ४० प्रतिशत दिँदा उहाँमा उत्साह देखियो । तर, उहाँ मलाईनै हटाउन लाग्नुभयो । प्रचण्ड विरुद्ध खरो रुपमा उत्रिएका प्रधानमन्त्री ओलीले भने, “मैले मित्रताको अंगालोे हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न खोज्ने, ‘वामपन्थीसँग मिलेर चुनाव लड्ने तर सरकार दक्षिणपन्थीसंग बनाउन खोज्ने, लाज लाग्नु पर्ने होइन ?

ओलीले प्रचण्डले चुनाव जितेको सवा दुई महिनासम्म आफूले प्रधानमन्त्रीका लागि चयन हुन नपाएको भन्दै त्यतिबेला नै प्रचण्डले सरकारका लागि कांग्रेससँग वार्ता गरेर आफूसँग बार्गेनिङ गरेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले भने, बामपन्थी मिलेर चुनाव लड्ने अनि दक्षिणपन्थीसँग सरकार बनाउन खोज्ने ? यो प्रचण्डको कस्तो चरित्र हो ? अहिले उहाँ बहुमत छ भन्दै हुनुहुन्छ । दुईटा मिल्दा पार्टीभित्र मेरोविरुद्ध बहुमत पुग्नेगरी मैलेनै दिएको हो । मलाई थाहा छैन के अवस्था छ भन्ने ?

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार १६:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।