Logo

अन्तर्राष्ट्रिय

४ दिनभित्रै कोरोना भाइरस नियन्त्रण हुने औषधिको आविष्कार !



विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई ४ दिनभित्र निको बनाउने एन्टीबडी (औषधि) आविष्कार गरेको एक अमेरिकी बायोफर्मास्युटिकल कम्पनीको दाबी छ ।

उक्त दावी अनुसार अब कोरोनाको संक्रमण केबल चारदिनमा निको हुनेछ भने अब लकडाउन अथवा सामाजिक दुरीको कुनै आवश्यकता रहने छैन् । स्थानीय समयअनुसार आज साँझसम्म कम्पनीले उक्त विवरण पूर्णरूपमा सार्वजनिक गर्ने जनाइएको छ ।

एसटीआई १४९९ नाम दिइएको सान डियगोको सरेन्टो थेराप्युटिक बाट उत्पादित उक्त एन्टीबडी बारे पहिलोपटक अमेरिकी समाचार संस्था फक्स न्युजले डिजिटल पत्रीका र टेलिभिजनमा समाचार प्रकाशित गरेपछि सनसनी नै मच्चिएको छ । प्रकाशित समाचार अनुसार यो एन्टीबडीले मानव शरीरलाई कोरोना भाइरस बाट पुरै प्रतिरक्षा गर्ने छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार ०६:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।