Logo

अन्तर्राष्ट्रिय

दक्षिण सुडानका उपराष्ट्रपतिलाई कोरोना संक्रमण



दक्षिण सुडानका उपराष्ट्रपति रिक माशरलाई कोरोना संक्रमण भएको छ । उपराष्ट्रपति माशरसँगै उनकी श्रीमती एजेलिना टेनीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बीबीसीका अनुसार टेनी दक्षिण सुडानकी रक्षा मन्त्री हुन् । उपराष्ट्रपति माशर ६० वर्षका छन् । उनमा कोरोना भए नभएको मे १३ मा परीक्षण गरिएको थियो ।

माशरका अंगरक्षक र स्टाफमा पनि कोरोना संक्रमण देखिएको समाचार छ । दक्षिण सुडानमा २३६ जनामा संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलवार ०७:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।