Logo

प्रमुख समाचार

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सकमा पनि कोरोना संक्रमण



नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण महाशाखाका चिकित्सकलाई नै कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना महामारी नियन्त्रणको तथा रोकथाम एंव अनुगमनको लागि विभिन्न जिल्ला गएर आएका एक चिकित्सकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ मन्त्रालयका एक उच्चअधिकारीले जानकारी दिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का एक चिकित्सकमा कोरोना संक्रमण देखिएको हो ।

महाशाखामा हाल करिव सय हाराहारीमा चिकित्सक, स्वास्थ्यकर्मी कार्यरत छन् । एक जनामा कोरोना देखिएपछि अहिले सँगै काम गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मीलाई कहाँ राख्ने भन्ने विषयमा गम्भीर छलफल चलिरहेको छ ।

स्रोतका अनुसार कतै होटलमा क्वारेन्टाइनमा राखेर भोली पिसिआर जाँच गरेपछि मात्रै थप कदम चाल्नुपर्ने काममा खटिएकाहरुका माग छ । अधिकांश देशमा महामारी नियन्त्रणमा खटिने कर्मचारीलाई एक हप्ता काम गरेपछि २ हप्ता अनिवार्य क्वारेन्टाइनमा राखिनुपर्ने नियम भएपनि पालना नगर्दा समस्या आएको हो ।

स्वास्थ्य मन्त्रालयले अपरान्ह आयोजना गरेको पत्रकार सम्मेलनमा उपत्यकाका ३ सहित १३ जिल्लामा २७ जनामा कोरोना पोजेटिभ देखिएको सार्वजनिक गरेको थियो । तीमध्ये काठमाडौंमा ३, भक्तपुरमा १ र ललितपुरमा १ जनामा कोरोना पोजेटिभ देखिएको विवरण सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलवार १९:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।