Logo

प्रमुख समाचार

१६६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १५६७ पुग्यो



नेपालमा एकैदिन १६६ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या १५ सय नाघेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित वृद्धि संख्याको जानकारी दिएका हुन् ।

योसँगै कुल संक्रमित संख्या १५६७ पुगेका छन् । आज थपिएका संक्रमितमध्ये १६२ पुरुष र ४ महिला छन् । स्वास्थ्यमन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले डिस्चार्ज हुनेको संख्या २३० पुगेको जानकारी दिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आईतवार १६:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।