Logo

प्रमुख समाचार

थप १३ जनामा कोरोना भाइरसको संक्रमण



स्वास्थ्य मन्त्रालयले नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएको छ।

योसहित नेपालमा सोमबार एकैदिन २३९ जनामा संक्रमण पुष्टि भएको छ। यसअघि सोमबार नै २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको थियो।

यो सहित नेपालमा संक्रमितको संख्या १८११ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  पठाएको पछिल्लो विवरण अनुसार नवलपरासी, पाल्पा, कपिलवस्तु, रुपन्देही र गुल्मीमा थप १३ जनामा संक्रमण देखिएको हो।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार १९:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।