माडीका क्वारेन्टाइनहरुमा समेत कोरोना भाइरस संक्रमितहरु भेटिएको सन्दर्भमा माडीका दुई वडाध्यक्षले माडीमै भेन्टिलेटर सहितको आईसियु। स्थापना गनुपर्ने आवाज उठाएका छन्।
माडी ५ का वडाध्यक्ष रामबन्धु पोखरेलले सामाजिक सञ्जालमार्फत स्वास्थ्य नै मानिसको सबैभन्दा ठुलो सम्पत्ति रहेको भन्दै जनताको जीउज्यानको सुरक्षाको लागि भेन्टिलेटर सहितको आई।सि।यु। राख्न माग गरेका हुन् ।
माडीमै भन्टिलेटर सहितको आइसियू सेवा हुदाँ युवाहरुको मनोवलमा निकै ठुलो टेवा पुगने वा उनीहरुको दाबी छ ।
माडी १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले तत्कालै बहुआयामिक प्रयोजन सहितको भेन्टिलेटर र आई।सि।यु।युक्त अस्पताल निर्माणमा गर्नुपर्ने बताए ।
यसका लागि आवश्यक परे माडी नगरपालिकाले आर्थिक श्वेतपत्र नै जारी गर्न पनि पछि हट्नु नहुने उनको भनाई छ ।
माडी नगरपालिकाले लकडाउनको समयमा राहत वितरण, प्रवासमा रहेकाहरुको उद्धार, जनस्तरमा कोरोना संक्रमण बिरुद्धको सचेतना प्रवाह लगायतका काममा नेपालमै प्रशंसा हुने तहमा काम गरेको समेत दाबी छ ।




















प्रतिक्रिया