Logo

मनोरञ्जन

नायिका स्वरा माथि खनिइन् कंगना: सुशान्तको आवाज मानिसहरुमाझ पुग्नलाई करन जोहर चाहिँदैनन्



बलिउड चर्चित नायिका स्वरा भास्करले निर्माता करण जोहरको पक्ष लिएर बोलेपछि उनी अप्ठ्यारोमा परेकी छिन् ।

नायिका स्वराले हालै एउटा पोस्टमा कसैको मृत्यु लागि इन्डष्ट्रिका मानिसहरुलाई जिम्मेवार देखाउनु सही नभएको उल्लेख गरे लगत्तै उनी ट्रोलको शिकार बनिरहेका बेला एक्कासी कंगना रनौतले पनि यो समूहवाद र परिवारवादविरुद्ध मोर्चा खोल्दै नायिका स्वरा भास्कर विरुद्ध आवाज उठाइन् ।

कंगनाले स्वरामाथि निशाना साँध्दै भनिन्, ‘स्वरा चाप्लुसी गर्नु अघि सुरुमा यो कुरा ध्यानमा राख कि सुशान्त सिंह एक सुपरस्टार हुन् र करण जोहर तलब खाने एक प्रस्तोतकर्ता ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा फैलिएको नातावाद र परिवारवादको विषयमा अत्यधिक चर्चा भइरहेका बेला नायिका कंगनाले स्वराको चाकडीबाज शैलीको भण्डाफोर गर्दै त्यो पाटो नहिँड्न सुझाउँदै भनिन् सुशान्तको आवाज मानिसहरुमाझ पुग्नलाई करन जोहर नै चाहिन्छन् भन्ने छैन ।’

प्रकाशित मिति : १७ असार २०७७, बुधबार १४:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।