Logo

मनोरञ्जन

दिपा दिदीको जिब्रो चिप्लेको हो : ‘माग्ने बुढा’



हाँस्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ ले दिपाश्री निरौलाको पक्षमा आवाज उठाएका छन् । नायिका दीपाश्रीले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न सोझाएपछि उत्पन्न विवादबारे घिमिरेले दीपाश्रीको जिब्रो चिप्लिएको बताएका हुन् ।

उनले दीपाले गल्ती गरेको र माफ पनि मागिसकेको अवस्थामा पुनः दीपामाथि गालीगलौजमा उत्रिनु उचित नभएको बताएका छन् ।

‘बिगत केही दिनदेखि निरन्तर रुपमा निर्देशकर कलाकार दिपा दिदी माथि तल्लो स्तरका गाली गलौज भईरहेका छन् । हो, दिदीको गल्ति थियो, माफि पनि मागी सक्नुभयो । म पनि महानायक राजेश दादासंग ब्यक्तिगत रुपमा माफि माग्दछु । कुन गल्तिको सजायँ कति भन्ने पनि त होलानि । छिमेकीको बच्चाले साग बारी कुल्चेछ, खुट्टा भांचेर पठाईदिने त ? दिपा दिदीको पेटमा पाप छैन तर जिब्रो चिप्लेको चांहि पक्कै हो’, उनले भनेका छन् ।

केदारले चलचित्र  ‘छ माया छपक्कै’को ट्रेलर रिलिज भएपछि सुरुमै १२ सय प्रतिक्रिया नकारात्मक आउँदा आफू झन्डै दोश्रो पटक डिप्रेशनमा गएको पनि उल्लेख गरेका छन् ।

‘छक्का पन्जा’को टिमबाट आफूलाई निकाल्दा चलचित्रको अस्तित्व नै सकिने भनेर आएको प्रतिक्रियामा उनले लेखेका छन्, ‘हाम्रो टिममा सबै लेखक र निर्देशक छौं । आफू आफै पनि छुट्टाछुट्टै रुपमा चलचि बनाउन सक्छौ । तर, छुट्टाछुट्टै चलचित्र बनाउँदा चलचित्र कमजोर नबनोस्, दर्शक निराश भएर नफर्किउन् भनेर हामी एक आपसमा मिल्छौ ।’

प्रकाशित मिति : २८ असार २०७७, आईतवार १४:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।