गत साता निरन्तर घटेको सुनको भाउ आइतबार भने उकालो यात्रा तय गरेको छ । आज (आइतबार) तोलामा ३ सय रुपैयाँले मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९७ हजार २ सय तोकेको छ । शुक्रबार तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको भाउ पनि बढेर ९६ हजार ७ सय पुगेको छ । शुक्रबार तोलाको ९६ हजार ४ सय थियो ।
आज चाँदीको भाउ भने तोलाको १३४० मा स्थिर रहेको महासंघले जनाएको छ ।




















प्रतिक्रिया