Logo

प्रमुख समाचार

ओलीकै कारण एमाले पार्टी दर्ता भएको प्रचण्डको आरोप



सत्तारुढ दल नेपाल कम्युनिष्ट (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीकै कारण नेकपा एमाले दल दर्ता भएको आरोप लगाएका छन । संघीय राजधानी काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीकै सक्रियतामा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको दाबी गरे ।

पार्टी भित्र अन्तरविराोध बढ्दै जाँदा अध्यक्ष प्रचण्डले ओलीको एकलौटीपनले नेकपामा विवाद आएको बताए । उनले पार्टीको अनुमति विपरीत आफूखुसी काम गर्दा सरकार बदनाम भएको आरोप लगाउँदै प्रचण्डले पार्टीको सक्रियताले भएका राम्रा कामको जस ओली एक्लैले लिन खोज्दा पार्टी फुटको खतरामा रहेको बताए ।

ओलीको कार्यशैली प्रति रोष प्रकट गर्दै अध्यक्ष प्रचण्डले ओलीले पाार्टीको राम्रो कामको जस आफूले मात्र लिन खोजेको र अरुलाई दलाल भन्ने गरेको प्रति आपत्ती जनाए ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार १५:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।