Logo

राजनीति

सिंगै राज्य प्रणाली र व्यवस्थामाथि प्रश्न उठ्ने गरि न्यायालयद्वारा किन निर्णय गरिदैछ ? प्रवक्ता श्रेष्ठ



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ताा एवम राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले न्यायालयको काम कार्बाही माथि प्रश्न गरेका छन । उनले सर्वाैच्च अदालतले रञ्जन कोइरालाको विषयमा गरेको निर्णय प्रति इंगित गर्दै न्यायालयको निर्णयका कारण सिंगाो राज्य व्यवस्था माथि प्रश्न तेस्रिएको बताएका छन ।

आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रवक्ता श्रेष्ठले भनेका छन , ‪के हुदैछ यस्तो ? न्यायालय र सिङ्गै राज्य प्रणाली र व्यबस्था माथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिदैछ ? भन्दै प्रश्न गरेका छन ।

बास र छाक टार्ने समस्याबाट पिडीत गरीब चेपाङ युवाको हत्या संवेदनशील सुरक्षा अङ्गबाट नै दर्दनाक ढङ्गले पिटी पिटी किन गरिन्छ र सुकुम्बासी झुप्रामा आगो किन लगाईन्छ ? भन्दै राज्यका निकायहरुलाई ठाडो प्रश्न गरेका छन । उनले कथित दलित भएकै आधारमा बर्बर सामुहिक हत्या किन गरिन्छ भन्दै अब हद भएको उल्लेख गरेका छन । साथै ,असह्य घटनाहरु प्रति न्याय स्थापित गर्दै र दोषी माथि कार्बाहीको माग गरेका छन ।

यो अवाजलाई समयमै सम्बोधन गरौं र राज्यका अङ्गहरुको लोकतन्त्र अनुरुप पुनसंरचना गरी लोकतन्त्रलाई ब्यबहारतस् अभ्यास गरौं र बिकास गरौं ।अन्यथा निरासा,आक्रोस ,अनिश्चय र तरलता को परिणाम के होलारु समयमै सबैले सोचौं।परिणाम सधैं सकारात्मक नै हुन्छ भन्न सकिन्न  भन्दै गुनासो सहितको सुझाव व्यक्त गरेका छन ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आईतवार १२:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।