Logo

समाचार

भारतद्वारा कालापानी, लिम्पियाधुरामा नेपालीहरुलाई प्रवेश रोक्न आग्रह



नेपाली भूमी कालापाानी, लिपुलेक र लिम्पीयाधुरा सहितको भूमीमा नेपालीहरुलाई प्रवेश रोक लगाउन भारतले आग्रह गरेको छ । ,’ भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेख्दै भारतीय भूमी गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध नेपाली प्रवेश रोक गर्न आग्रह गरेको छ ।

उक्त भूमी भाारतको भएको दाबी गर्दै धार्चुलाले ‘बिभिन्न नेपाली गुट/समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्,’।

सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानी सहितकाे नेपाली भूमी समेट्दै नक्सा जारी गरेसँगै भारत सरकारले त्यसकाे विराेध जनाउँदै अाएकाे छ । सरकारले भारत सरकारसँग पटक पटक कुटनीतिक नाेट पठाए पनि भारतले उक्त क्षेत्र अाफ्नाे भएकाे दाबी गरिरहेकाे छ ।

हेर्नुहास भारतले दिएकाे पत्र जस्ताकाे त्यस्तै

 

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार ११:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।