विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसका नेपालमा पनि तिब्र रुपमा बढिरहेको छ । स्वास्थ्यकर्मी,स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु कोरोनाको निशानामा देखा परेका छन । सरकारले लकडाउन अन्त्य गरे पनि कोरोना भाइरसमा बढ्तोत्तरी भइरहेको छ ।
वीरगञ्जमा दुई स्वास्थ्यकर्मी सहित १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार राती वीरगन्जका २ चिकित्सक सहित १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
संक्रमण पुष्टि भएका दुवै चिकित्सक नारायणी अस्पतालमा कार्यरत छन् । संक्रमण पुष्टि भएका उनीहरुलाई आइसोलेनमा राखेर चिकित्सकको निगरानीमा राखिएको छ ।




















प्रतिक्रिया