Logo

स्वास्थ्य

वीरगञ्जमा दुई चिकित्सक सहित १५ जनामा कोरोना संक्रमण पुष्टि



विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसका नेपालमा पनि तिब्र रुपमा बढिरहेको छ । स्वास्थ्यकर्मी,स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु कोरोनाको निशानामा देखा परेका छन । सरकारले लकडाउन अन्त्य गरे पनि कोरोना भाइरसमा बढ्तोत्तरी भइरहेको छ ।

वीरगञ्जमा दुई स्वास्थ्यकर्मी सहित १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार राती वीरगन्जका २ चिकित्सक सहित १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

संक्रमण पुष्टि भएका दुवै चिकित्सक नारायणी अस्पतालमा कार्यरत छन् । संक्रमण पुष्टि भएका उनीहरुलाई आइसोलेनमा राखेर चिकित्सकको निगरानीमा राखिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार ११:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।