राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्दै पूर्व मन्त्री सुनिल थापा सहितका ५० जना नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार एक औपचारिक कार्यक्रम मार्फत थापा सहितका नेताहरु कांग्रेसमा प्रवेश गरेका हुन ।
थापा लगायतका नेताहरुलाई स्वागत गर्दै काांग्रेस उपसभापति विमलेन्द्र निधिले राप्रपाका संस्थापक नेता एवम पूर्व प्रधामन्त्री सुर्य बहादुर थापाको योगदाान बारे चर्चा गरे । सुनिल थापाका पीता समेत रहेका सुर्य बहादुर थापाको नेपालको एक हस्ती भएको बताए । उनले नेपालको राजनीतिमा उद्धारवादी नेता र कांग्रेससँगको राम्रो सम्बन्ध भएको नेताको रुपमा चित्रण गरे ।नेपाली कांग्रेसमा थापा सहितकाा नेताहरुको उपस्थितीले कांग्रेस बलियाो हुने विश्वास व्यक्त गर्दै स्वागत गरेका हुन् ।
कांग्रेसमा प्रवेश गर्दै थापाले कांग्रेसमा प्रवेश गर्दाा खुसी लागेको बताए । उनले नेपाली कांग्रेसकाा संस्थापक नेता र राप्रपाका संस्थापक नेता सुर्य बहादुर थापा प्रति श्रद्धाञ्जली व्यक्त गरे।उनले नेपाली कांग्रेसमा प्रवेश गर्दै लोकतन्त्रको रक्षा गर्नु पर्ने दाायित्व रहेको बताए ।
उनले पूर्व प्रधानमन्त्री सुर्य बहादुर थापाले लोकतान्त्रीक पार्टीहरुको मोर्चा हुनु पर्ने बताएको र सोहि अनुरुप पार्टीमा प्रवेश गरेको बताए । उनले देशभरका नेता कार्यकर्ताले फोन गर्दै तपाई एक्लै किन पार्टी प्रवेश गर्नु भयो हामी पनि प्रवेश गर्छाै भन्ने प्रतिक्रिया आएको र उनीहरु पनि कांग्रेसमा पार्टी प्रवेश गर्ने दाबी गरे ।उनले आफ्ना स्वर्गीय पीताको २०१० सालमा कांग्रेस सँग टुटेको सम्बन्ध पून: स्थापित भएको ठोकुवाा गरे ।





















प्रतिक्रिया