Logo

प्रमुख समाचार

रामचन्द्र पौडेलले आफू निकट पक्षको छुट्टै भेला बोलाए



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट गूटको छुट्टै भेला बोलाएका छन । कांग्रेसको १४ औं महाधिवेशनको मिति तय भएसँगै पौडेलले बुधबार आफू निकट गुटको छु्ट्टै भेला बोलाएका हुन ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बाेलाइएकाे भेलामा  पौडेलले आफू निकट नेताहरुलाई म्यासेस गर्दै सहभागी हुन भनेका छन् । सभापति शेर बहादुर देउवाले आगामी महाधिवेशनमा अझ थप बलियो पकट बनाउने गरि राप्रपाका नेता सुनिल थापा लगायतका नेतालाई पार्टी प्रवेश गराएसँगै पौडेल पक्ष झन सशंकित बनेको छ ।पौडेल गुटले आगामी रणनीतिका सन्दर्भमा छलफल गर्न छुट्टै भेला बोलाएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार १२:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।