सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली,पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच छलफल शुरु भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय ओली -प्रचण्ड सहित वरिष्ठ नेता खनालबीच त्रिपक्षीय छलफल जारी रहेको छ ।
केहि दिन यता आन्तरिक विवादका कारण ओली प्रचण्डबीच छलफल हुन सकेको थिएन । प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग उठेसँगै ओलीले जारी स्थायी कमिटी बैठक अनिश्चिकाालिन रुपमा स्थगन गरेका छन् ।
त्यस्तै पार्टी भित्रको आन्तरिक विवाद चुलिदैं गएपछि १५० जना केन्द्रिय सदस्यहरुले हस्ताक्षर सहित केन्द्रीय कमिटीको बैठक गर्न आव्हान गरेका छन् ।यस यस अघि गएको मंगलबार प्रचण्ड र माधवकुमार नेपाल समूहको भेलाले ओलीसँग छलफल गरेर स्थायी कमिटी बैठक बोलाउने जिम्मा प्रचण्डलाई दिएको थियो ।





















प्रतिक्रिया