सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनााथ खनालबीचको साामूहिक छलफल सकिएको छ ।
नेकपा भित्र देखा परेको आन्तरिक विवाद साम्य पार्न सहमति खोज्ने उद्धेश्यले आइतबार विहान १० बजे त्रिपक्षीय छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीका पक्षबाट नेता सुभासचन्द नेम्वाङ समेत उपस्थित भएका थिए । आजको बैठकमा दुवै अध्यक्षले छलफललाई निरन्तरता दिने सहमत भएको नेकपा स्रोतले जनाएको छ ।
सत्तारुढ दल नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनु पर्ने माग सँगै नेकपामा विवाद उत्पन्न भएको थियो । दुवै पदबाट राजीनामा नदिने अडान कसेका प्रधानमन्त्री ओलीले जारी स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए ।





















प्रतिक्रिया