गए राति अविरल वर्षासँगै आएको पहिरोमा परि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा मृत्यु भएका ८ जनाकै शव फेला परेको छ । पहिरोमा पुरिएर वीरगञ्जका प्रदीप चौरसिया, बिक्रम थिङ, राजेश चौधरी, मानबहादुर रुम्बा, सिमन घलान, शिवबालक धामी र सोनम लामा र भारतीय नागरिक राजेन्द्र चौरसियाको पनि मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार,पहिरोले कभर्ड हलको आधा भाग र मजदुर बस्ने टहरो पूरै पुरेको बताए ।
पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल लगिएको छ ।





















प्रतिक्रिया