पछिल्लो समय पर्सामा कोरोना संक्रमितहरु दिन प्रतिदिन बढ्दै गइरहेका छन् । युद्धरत रुपमा रहेका चिकित्सक,पत्रकार, नेपाल प्रहरी, नेपाली सेना लगायतका थुप्रै व्यक्तिहरु कोरोनाका सिकार बनेका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार संक्रमित हुनेमा नेपाली सेना, चिकित्सक, कन्ट्याक्ट ट्रेसिङमा परेका, पत्रकार लगायतमा कोरोना संक्रमण देखिएको छ ।
३४ जनामध्ये २३ जना वीरगञ्ज महानगरपालिकाका, ३ जना नेपाली सेना, ३ जना पोखरिया नगरपालिकाका, १ जना जिराभवानी गाउँपालिकाका, २ जना बाराका तथा सुर्खेत र सर्लाहीका १/१ जना संक्रमित भएका छन् ।
त्यस्तै नेशनल मेडिकल कलेज र बयोधा अस्पतालमा कार्यरत दुई जना चिकित्सकमा पनि कोरोना संक्रमण देखिएको डा. मदन उपाध्यायले जनाएका छन् ।




















प्रतिक्रिया