जिल्लाको जयपृथ्वि नगरपालिकाको वडा नम्बर ७ ज्वाडा कि एक महिला असार सात गते देखि हराईरहेकि छन । २५ वर्षीया पार्वती भण्डारी २१ महिना कि छोरी र तीन वर्षको छोरा छोडेर हराइरहेकी छिन् ।
सहोदर देवर सुर्या भण्डारीसँग अनैतिक सम्बन्धबारे थाहा पाएपछि उनी फरार भएकी उनका श्रीमान सत्य भण्डारीले आरोप लगाए । सत्य कामको शिलशिलामा भारतमा बस्दै आईरहेका बेला श्रीमती देवरसँगको अनैतिक सम्बन्धमा लागेको थाहा पाएपछि उनी फरार भएकी भण्डारीले गुनासाे गरेका छन् । हाल पति सत्य पत्नि कै खोजि गर्न दिल्लिबाट घर आएका छन ।
गत असार ७ गते देखि हराई रहेकी पत्नीको खोजि कार्य गर्न प्रहरीलाई जानकारी गराईएकोमा पनि प्रहरिले पनि खोजी कार्य नगरेको सुर्य भण्डारीले आरोप लगाए ।
परपुरुषको सम्बन्धको बारेमा पतिले दिल्लिबाट फोन गरेर बुझ्दा पत्निले गल्ति गरेकी स्वीकार गरेको सत्यले बताएका छन् । तर पति नेपाल आएर क्वारेन्टिनमा बसेर घरमा जाँदा सम्म पत्नि भागेकी हुन् ।
परपुरुष २२ वर्षको अनैतिक सम्बन्धको बारेमा र हराईरहेकि पत्निको खोजि गर्न सत्यले प्रहरीलाई निबेदन दिंदा प्रहरीले उक्त निबेदन बुझ्न नमानेको आरोप सत्यले लगाएका छन् । तर जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख गणेस बमले भने, अपहरण सम्बन्धिको जाहेरी भएकाले निबेदन दर्ता नगरेको हो । पति सत्यले आरोप लगाईरहेका उनकै भाई सुर्या भण्डारीलाई प्रहरीले सोधपुछ गरि छोडिएको बताए ।
हराई रहेकी महिलाको खोजी गर्नका लागि प्रहरीले आरोपित पुरुषलाई नै जिम्मा लगाएर छोडिएको बताएका छन् । डिएसपी गणेस बमका अनुसार,
घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएका छन् । जयपृथ्वी नगरपालिकाको न्यायिक समितिकी प्रमुख जुना जाग्रीलाई पनि घटनाको बारेमा पति सत्यले जानकारी गराईएको भए पनि अहिले सम्म न्याय नपाएको गुनासो पोखे सत्यले ।
तर नगरपालिका कि उपप्रमुख एवम् न्यायिक समितिकी प्रमुख जाग्रीले हराईरहेकी महिलाको खोजि कार्य भइरहेको बताएकी छिन् । दुधे बालक घरमै छोडेर पति क्वारेन्टाईनमा बसेका बेला उनी फरार भएकी हुन् । सत्यले पत्नीकाे नाममा दिल्लीको एक बैकमा नाममा रकम समेत जम्मा गरिदिएकाे बताए । पतिले कमाएको पैसा र केटाकेटी बिचल्लि पारिरहेको बेला आफुले अहिले सम्म न्याय नपाएको दुखेसो उनले गरेका छन् ।
राज्यले मलाई न्याय दिएन , पत्नि कसै ले मारेकी हुन वा कहि लुकाईएकि छिन आफु धामि चलाएर देवतालाई सोध्न लागेको बताए पति सत्यले । पीडक र पीडितलाई नै घटनाको पात्र खोजेर ल्याए पछि न्याय दिने प्रहरिले बताएपछि आफुले पत्रकारलाई खोजि दिन आग्रह गरेका छन् । प्रहरीले महिलालाई लिएर आउन भनेर छोडेका आरोपित घरमै बसेका छन् भन्छन सत्य।
महिलाले प्रयोग गरिरहेको मोबाईल नम्बरमा सम्पर्क गर्दा स्विच अफ गरिएको छ भन्छ । ती महिलाले दुई वटा नम्बर प्रयोग गर्दै आईरहेकिमा हाल ति दुईवटै नम्बर स्विच अफ गरिएका छन । अनुसन्धान फितलो हुदा न्याय मरेको अनुभुति भएको पिडित सत्यले बताएका छन । तर प्रहरिको निगरानि मै आरोपित लाई छोडिएको श्रोतले जानकारि दिएको छ । साथै प्रहरीले कलडिटेल को अनुसन्धान गरिरहेको छ ।





















प्रतिक्रिया