Logo

स्वास्थ्य

कोरोना अपडेट :पछिल्लो २४ घन्टामा थप ८१ जनामा कोरोना संक्रमण, २ को मृत्यु



पछिल्लो २४ घन्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतवार थप ८१ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार, पछिल्लो २४  घन्टामा ४८ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।  यससँगै हालसम्म मुलुकभर २ लाख ७० हजार ३ सय २५ जना कोरोना संक्रमण मुक्त भएका  छन् । 

हाल मुलुकभर ९ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् । आइतवार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७३ जनाको मृत्यु भएको छ ।
 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आईतवार १६:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।